आइसीसीलाई मजबुत बनाउन महासचिवमा मेराे उम्मेदवारी : बुद्धि सागर सुवेदी

आइसीसीलाई मजबुत बनाउन महासचिवमा मेराे उम्मेदवारी : बुद्धि सागर सुवेदी


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिवका उम्मेद्वार बुद्धि सागर  सुवेदीले राष्ट्रिय समन्वय परिषद्हरूलाई व्यवस्थित, सक्षम, सबल र क्रियाशील बनाउन सकेमा मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद् बलियो हुने  बताएका छन् ।  यही बुझाइलाई कार्यान्वयन गर्न महासचिवमा आफ्नाे  उम्मेदवारी रहेकाे सुवेदीले बताए ।

एनआरएनए अमेरिकाकाे पूर्वअध्यक्ष सुवेदी विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूसँग भेट गरि साेमबार नेपाल फर्किएका छन् । अध्यक्षमा निर्वाचित भएपछि एनआरएनए अमेरिकाको पहिलो बैठकमा नै मैले भनेको थिए सस्तो लोकप्रियता र आकर्षक भाषणका लागि कार्यालय भवन खरिदको विषय उठाउने छैन । काम गरेर प्रमाणित गर्नु पर्छ ,´ उनले भने, मेरो कार्यकालमा संस्थालाई कुनै आर्थिक व्ययभार नछोडी करिब २ लाख ९२ हजार डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँमा कार्यालय भवन (अफिस कन्डोमिनियम) खरिदको काम सम्पन्न भयो । राष्ट्रिय समन्वय परिषद्हरूलाई व्यवस्थित, सक्षम, सबल र क्रियाशील बनाउन सकेमा मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद् बलियो हुनसक्छ । यही बुझाइलाई कार्यान्वयन गर्न महासचिवमा उम्मेदवारी दिएको छु । यहाँहरूको साथ, सहयोग र मतको अपेक्षा गर्दछु ।´

प्रकाशित मिति:     २३ आश्विन २०८०, मंगलवार  |    Himali Khabar