यस्ता छन एनआरएनए उपमहासचिवका उम्मेदवार गुरुङको १२ प्रतिबद्धता

यस्ता छन एनआरएनए उपमहासचिवका उम्मेदवार  गुरुङको १२ प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघकाे (एनआरएनए) काे आगामी कार्यकाल (२०२३–०२५) को लागि कर प्रविन गुरुङले १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

गुरुङको प्रतिबद्धता पत्र

१) सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमानै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो ।

२) सामुहिक लगानीः आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो । सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकास लगानी गर्न पहल गर्नेछु ।

३) सीप र पूँजीको सदुपयोगः विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो ।

४) स्मार्ट एनआरएनए बनाउनः विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा आगाडि बढाउने प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो ।

५) रेमिट्यान्सको सही सदुपयोग र लगानीः मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।

६) नागरिकताको निरन्तरताका लागिः
हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय संवोधन भएको छ । अव यसको कार्यान्वयन सहति वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पु¥याउन मेरो प्रतिवद्धता रहनेछ ।

७) स्वदेशमा पर्यटन प्रवद्र्धनः पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । साथै विदेशी लगानी नेपाल भित्राउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ ।

८) नेपाली कलासँस्कृतिको जगेर्ना गर्न नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने मेरो प्रतिवद्धता छ । विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ ।

९) एनआरएनएमा युवा आकर्षित गर्न हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौ तर दोश्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन । दोश्रो पुस्ता वा युवा केन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्ध जनाउँछु ।

१०) एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः
गैरआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यता लाई समेत आधार मानी १८२ दिन भन्दा वढी सार्क मूलुक भन्दा वाहिर वसोवास गरेका नेपाली वा नेपाली मूलका व्यक्तिहरु गैरआवासीय नेपाली हुन भन्न्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विषेश जोड रहने छ ।

११) खेलकूद क्षेत्रमा विकाशः हरेक नागरीकको स्वास्थ्य र व्यक्तित्व विकास सहित विश्वभरनै राष्ट्र पहिचानको लागी खेलकुद सवैमा अपरिहार्य छ । सोही आसयलाई सार्थकतामा लिनको लागी प्रदेश स्तरीय सुविधा सम्पन्न वहुउद्देश्य स्पोर्टस क्लवको अवधारणा लाई लिई नेपाल सरकार संग समन्वय गरी कार्य सम्पादन तर्फ लागीने छ । माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी सचिवको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु | अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन । त्यसकै बला एनआरएन अभियानलाई अझ उचाईमा पु¥याउन सव प्रतिवद्ध रहनेछु ।

१२. पञ्जिकृत सदस्यहरूकाे मताधिकार सुरक्षितगैरआवासीय नेपाली संघमा आवद्द रहेका विश्वभरका सम्पूर्ण पञ्जिकृत सदस्यहरूकाे मत राख्न पाउने नैसर्गिक अधिकारकाे सुनिश्चिततालाई मध्यनजर गरि विगतकाे प्रत्यक्ष निर्वाचनका लागि व्यवस्था गरिएकाे डेलिगेट्स पद्धतिलाई परिस्कृत गरि आगामी कार्यकालदेखि आइसीसीकाे निर्वाचन प्रक्रियामा विश्वभरका सम्पूर्ण पञ्जीकृत सदस्यहरूले मतदान प्रक्रियामा सहभागी हुन पाउने व्यवस्थालाई वैधानिक रूपबाट लागू गरिनेछ ।

प्रकाशित मिति:     ९ आश्विन २०८०, मंगलवार  |    Himali Khabar