ओम्नियुज मोबाइल एप नेपालमा

ओम्नियुज मोबाइल एप नेपालमा

काठमाडौं । ओम्नियुज मोबाइल एप नेपालमा पनि सुरु भएको छ । विश्वभरका डिजिटल ग्राहक र संस्थाहरूबीच समन्वय गर्ने उद्देश्यले तयार पारिएको एप्लिकेसन सञ्चालनमा आएको हो ।

विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा सेवाग्राहीका डेटा संकलन, प्रशोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज एप्लिकेसन अमेरिकी कम्पनी डिजिटल फर्मुलेसन एलएलसीले बनाएको हो । जसमा गुगल र माइक्रोसफ्ट भन्दा बढी फिचर रहेको दाबी गरिएको छ ।

प्रयोगकर्ताको लागि अनुकूल यो एपमा कतिपय सुविधा निःशुल्क रूपमा उपलब्ध छन् । ओम्नियुज वेब एप, मोबाइल एप र कनेक्ट एपीआई गरी तीन किसिमले प्रयोग गर्न सकिन्छ । ओम्नियुज वेब एप्लिकेसनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेस गरेको फाराम व्यवस्थापन गर्छ । यसको मोबाइल एपमार्फत प्रयोगकर्ताले आफूलाई चाहिएका विवरण हेर्न, खोज्न र आवेदन दिन सक्छन् ।

कनेक्ट एपले मोबाइल र वेब एप्लिकेसन जोड्ने काम गर्छ । साथै यसलाई प्रयोगकर्ताले सजिलै सेवा खरिद गर्न र आफूलाई नचाहिएको बेला सहजै बन्द गर्न पनि सक्छन् । स्वचालित प्रणाली भएकाले यो माध्यमले कुनै पनि व्यवसायीलाई व्यापार व्यवस्थित गर्न, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढाउन सहयोग गर्छ । एक क्लिक मै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले यसबाट समयको बचत समेत हुन्छ ।

फर्म फिल्ड ड्रयाग एण्ड ड्रप यसको मुख्य फिचरको रूपमा रहेको छ । जसले गर्दा प्राविधिक तथा अप्राविधिक सबैले सहजै फर्म बनाउन सक्छन् । साथै फर्म फिल्ड्स विभिन्न भाषामा उपलब्ध छ ।

प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फाराम भर्नुपर्ने विद्यालय, कलेज, विश्वविद्यालय, इन्टर्नशिप, जागिर वा सरकारी कार्यालय तथा बैंक (खाता खोल्ने) निकायका लागि ओम्नियुज मोबाइल एप बनाइएको हो । यो एप्लिकेसनमा विश्वभर रहेका कुनै पनि डिजिटल आवेदन फारामहरू खोज्न, हेर्न र आवेदन दिन सकिन्छ ।

ओम्नियुजको मोबाइल एप आईओएस र एन्ड्रोइड दुवै किसिमका स्मार्टफोनका लागि निःशुल्क उपलब्ध छ । मोबाइल प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्टहरू यो एप्लिकेसनमा राख्न सक्छन् ।

अटोफिल यो एपको एउटा प्रमुख फिचर हो । जसले एक पटक पेस गरिसकेको फाराम स्वतः भरिदिन्छ । यसबाट प्रयागकर्ताले उही फाराम बारम्बार भरिरहनु पर्दैन ।

व्यापारसहित स्कुल, कलेज, विश्वविद्यालय, म्यानपावर, अस्पताल, कर्पोरेट संस्था, स्थानीय तथा सङ्घीय सरकार र एनजीओ तथा आईएनजीओ लगायतका सङ्घसंस्थाले यो ओम्नियुज वेब एप्लिकेसनको फाइदा उठाउन सक्ने छन् ।

प्रकाशित मिति:     ३१ भाद्र २०८०, आईतवार  |    Himali Khabar