परिवर्तनको लागि सौर्य समाजमा रमिता श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन

परिवर्तनको लागि सौर्य समाजमा रमिता श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन

काठमाडौं । परिवर्तनको लागि सौर्य समाजमा नयाँकार्यसमिति चयन भएको छ । आज भएको समाजको पहिलो वार्षिक साधारणसभाले रमिला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा शान्ती श्रेष्ठ आचार्य, सचिवमा अनुपमान राजभण्डारी, कोषाध्यक्षमा सुर्य बहादुर अधिकारी, सह सचिवमा अनुज भण्डारी, सह कोषाध्यक्ष: प्रतिमा श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रल्हाद दाहाल, राधा ज्ञावली, रमेश श्रेष्ठ, सदस्य एवं प्रवक्तामा विनिता पुरी र सदस्यमा रेना शाक्य रहेका सर्वसम्मत चयन भएका हुन ।

प्रकाशित मिति:     २६ भाद्र २०८०, मंगलवार  |    Himali Khabar