नाडा अटो शो भदौ २६ देखि

नाडा अटो शो भदौ २६ देखि

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ। काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडाले यही भदौ २६ देखि ३१ गतेसम्म अटो शो आयोजना गर्न लागेको जनाएको छ।

नाडा अटो शो आयोजक समितिका सभापति अनुपकुमार बरालले प्रदर्शनीको १५ औं संस्करणमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा, टायरका साथै प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनका साथै राष्ट्रिय ब्राण्डको अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने बताए। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शीर्ष आयोजकमा टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

यसका साथै टिकटको लागि खल्ती, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक लगायतका संस्थाहरूको सहभागिता रहनेछ। टिकट बुकिङ खल्ती एपमा गएर गर्न सकिने छ। सर्वसाधारणलाई २ सय र विद्यार्थीलाई १ सय ५० शुल्क तोकिएको आयोजकले बताए।

प्रकाशित मिति:     १२ भाद्र २०८०, मंगलवार  |    Himali Khabar