माल्टामा रहेका नेपालीको क्रिकेट क्रेज, पहिलो टुर्नामेन्ट आयोजना

माल्टामा रहेका नेपालीको क्रिकेट क्रेज, पहिलो टुर्नामेन्ट आयोजना

काठमाडौं । युरोपेली मुलुक माल्टामा रहेका नेपाली समुदायबीच क्रिकेट टुर्नामेन्ट हुने भएको छ । जिरा युनाइटेड क्रिकेट क्लबको आयोजनामा यही अगष्ट २६ र २७ मा प्रतियोगिता हुन लागेको हो ।

कार्यक्रमको संयोजक ललितजंग क्षेत्री रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक हजार युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले ६ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुने टिमले ३ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य प्रायोजन एनआरएनए युवा अभियान्ता रोशन गिरीले गरेका छन् । गिरीले प्रथम हुनेको पुरस्कार राशी र मेडल तथा सर्टिफिकेट स्पोन्सर गर्ने आयोजकले जनाएको छ । नेपाली समुदायको हक हितका लागि काम गरिरहेका युवा अभियन्ता गिरीले युवा लक्षित कार्यक्रममा सदैव साथ र समर्थन रहने भन्दै यो प्रतियोगिता सफल पार्न आफ्नो तर्फबाट सबै साथ रहने बताए । नेपाली समुदायबीच पहिलो पटक हुन लागेको यो प्रतियोगिताले आपसी सद्भाव बढाउने भन्दै नेपाली समुदाय उत्साहित छ ।

प्रकाशित मिति:     २६ श्रावण २०८०, शुक्रबार  |    Himali Khabar