रोटरी क्लब अफ कपनद्वारा वृक्षारोपण

रोटरी क्लब अफ कपनद्वारा वृक्षारोपण

काठमाडौं । रोटरी क्लब अफ कपनले बुढानिलकण्ठ – ८ स्थित सुन्दरबस्तीको सिवालय मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा कपुर, धुपी, नास्पाती, अनार र अम्बाका बिरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रममा अध्यक्ष शुचिता काफ्ले, पूर्व अध्यक्ष शिवहरी खनाल, नियुक्ति शेर्पा, मन्जु श्रेष्ठ लगायतका रोटरियनहरुको उपस्तिथि रहेको थियो।

रोटरी क्लब अफ कपनले समय समयमा यस्ता विभिन्न किसिमका कार्यक्रमहरु गर्ने गरेको कुरा क्लबका सचीव प्रल्हाद दाहालले बताए । अब आगामी दिनमा विद्यालयहरुमा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गर्ने कुरा संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । क्लबले गरेका हरेक गतिविधिमा आफ्नो साथ रहने कुरा पूर्व अध्यक्ष मनोज कुमारा घिमिरेले बताए । क्लबका पूर्व अध्यक्षहरु राजु लामा, डा. तेज बहादुर रोक्का, निवर्तमान अध्यक्ष कृष्णादेवी मुनिकारको हरेक कुरामा पूर्ण साथ रहेको कुरा अध्यक्ष शुचिता काफ्लेले बताइन् ।

प्रकाशित मिति:     २५ श्रावण २०८०, बिहीबार  |    Himali Khabar