एनआरएनए माल्टा : रोशन गिरी नेतृत्वको साझा प्यानलको पल्लाभारी

एनआरएनए माल्टा : रोशन गिरी नेतृत्वको साझा प्यानलको पल्लाभारी

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि आज साँझ ६ बजेदेखि मौन अवधि शुरु हुँदै छ । एनआरएनए माल्टाको नयाँ नेतृत्व चयनका लागि मतदानमामा नयाँ प्रविधि अपनाईंदै छ । अनलाईन माध्यमबाट हुने मतदानको सबै तयारी सकिएको माल्टाका वर्तमान अध्यक्ष एवं आइसीसी सदस्यका उम्मेदवार भुवन अर्यालले जानकारी दिए ।

अर्याल भन्छन् योग्यलाई जिताऔं, मतदानमा सबै सहभागि बनौं

अनलाईन माध्यमबाट मतदान हुनेभएसँगै मतदाता उत्साहित रहेको पनि अर्यालले बताए । अध्यक्ष अर्यालले ३१ सय बढी मतदाता आफ्ना उम्मेदवारलाई जिताउन तम्तयार रहेको बताउँदै सबैलाई मतदानमा सहभागि हुन आह्वान समेत गरेका छन् । निर्वाचन समितिका संयोजक राजु अर्याल बाबुले पनि आज साँझदेखि मौन अवधि शुरु हुने जानकारी दिए । सबै तयारी सकिएको बताउँदै ३० तारिखमा हुने निर्वाचन निश्पक्ष रुपमा सम्पन्न गर्न निर्वाचन समितिले कुनै कसर बाँकी नराखेको अर्यालले बताए ।

अध्यक्षमा गिरी बलियो, साझा प्यानल सशक्त

२०२३–०२५ कार्यकालका लागि अध्यक्षमा रोशन गिरी नेतृत्वको साझा प्यानल बलियो देखिएको छ । अध्यक्ष रोशन गिरी, महासचिव विरोजंग पाण्डेसहितको साझा प्यानल जित नजिक रहेको देखिएको हो । माल्टामा सामाजिक काम र एनआरएनएलाई सशक्त बनाउन भुमिका खेलेकाहरुको साझा प्यानल जित नजिक देखिदा मतदाता पनि उत्साहित छन् ।

साझा प्यानलबाट आइसीसी सदस्यमा वर्तमान अध्यक्ष भुवन अर्याल वर्तमान वरिष्ठ उपाध्यक्ष नविन गिरी र गोविन्द खरेल उम्मेदवार छन् । अध्यक्षमा रोशन गिरी, उपाध्यक्षमा सत्यनारायक्ष झा प्रेमराज फेम्बो पशुपति गौतम नरेश खनाल, महिला उपाध्यक्षमा अस्मिता खबास र युवा उपाध्यक्षमा विजय परियार उम्मेदवार छन् । यस्तै महासचिवमा विरोजंग पाण्डे उम्मेदवार छन् भने उपमहासचिवमा रामप्रसाद भण्डारी उम्मेदवार छन् । सचिवमा मनिष अर्याल भुवन झा उम्मेदवार हुँदा कोषाध्यक्षमा मनोज उपाध्याय र सहकोषाध्यक्षमा सुवास तिम्सिना उम्मेदवार छन् ।

युवा संयोजकमा मुखानर चापागाईं र महिला संयोजकमा सुष्मा राइ पराजुली उम्मेदवार छन् । अनिल राना, प्रकाश तिम्सिना, दिपेश गुरुङ, सुमन गैरे, हरिप्रसाद पौडेल र सुमन सागर भट्टराई सदस्यमा उम्मेदवार छन् । रेशम लाल खनाल रेम्स नेतृत्वको टिमले पनि चुनावी तयारीलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति:     १३ श्रावण २०८०, शनिबार  |    Himali Khabar