चन्द्रागिरी हिल्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा

चन्द्रागिरी हिल्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड १८ लाख रुपैयाँ नोक्सानमा थियो ।

एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । विश्वव्यापि फैलिएको कोरोना भाइरसको कारण व्यापारमा असर गरेको कम्पनीले जनाएको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । यसअवधिमा कम्पनी २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १४ करोड २१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यस्तै तेस्रो त्रैमासिक अवधिमा कम्पनीले सञ्चालन गरेको केबलकार औसतमा दैनिक १४ सय जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४० प्रतिशत रहेको जनाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ ।

प्रकाशित मिति:     ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar