फेरी चल्न थाल्यो पठाओ

फेरी चल्न थाल्यो पठाओ

काठमाडौं, ११ चैत । राइड सेयरिङ प्लाटफर्म पठाओको राइड सेवा चल्न थालेको छ। एप अपडेटका कारण अबरूद्ध भएको राइड सेवा बुधबार मध्यान्हदेखि चल्न सुरू भएको हो ।

कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड पनि मंगलबारदेखि बन्द थियो। आज बिहानदेखि उक्त सेवा पनि सञ्चालनमा आएको हो।

सोमबार बिहान ट्याक्सी चालक र पठाओ राइडरबीच झडप भएपछि राइड सेवा रोकिएको आम उपभोक्ताले अनुमान लगाएका थिए। तर, झडपका कारण नभई प्राविधिक कारणले बन्द भएको कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

उसो त ट्याक्सी चालक र पठाओबीच झडप भएपछि पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar