राजनीतिमा हराएको विचार र सिद्धान्त

राजनीतिमा हराएको विचार र सिद्धान्त

शिवराम न्यौपाने, सिन्धुपाल्चोक

पार्टी नाम र चुनाव चिन्हमात्र हैन विचार र सिद्धान्त हो । यसैका आधारमा पार्टी निर्माण गरी संगठन निर्माण र विस्तार गरिन्छ । हरेक पार्टीको मेरूदण्ड भनेको संगठन हो । संगठन निर्माणका आधारमा नै जनप्रतिनिधि बन्ने र सरकार निर्माण गर्ने अवसर पार्टीलाई प्राप्त हुने बहुलवादी व्यवस्था वर्तमान संविधानमा छ । संगठन निर्माण कठिन प्रक्रिया हो । यसका लागि पार्टीका विचार, सिद्धान्त, आदर्श, घोषणापत्र जस्ताको त्यस्तै आमजनतामा पु¥याउने प्रशिक्षित नेता–कार्यकर्ता चाहिन्छ ।

जनतामा भएको दलप्रति सन्तुष्टि छैन । त्यो भन्दा गतिलो अर्को त हुनै सक्दैन । साथीभाई , इस्टमित्र हिजो जहाँ थिए आज त्यही छन् । कतै पोईल जानु संस्कारी गुणभित्र पर्दैन ।

समान विचारधारा बोकेर हिडेका अन्य दलको सहित विश्लेषणात्मक ज्ञान चाहिन्छ । सम–सामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूमा स्पष्ट दृष्टिकोण राख्न सक्नुपर्छ । रोग, भोक, शोक र भौगोलिक विपन्नतामा डुबेका जनताको भावनाको निकास दिने दृढ इच्छाशक्ति हुनुपर्छ । उमेर, लिङ्ग, जाती,धर्म, भाषा, पेशाका आधारमा उत्पीडित नागरिकको आशाको दियो बन्न सक्नुपर्छ । उनीहरूसँगै आफुलाई ढाल्न सक्नुपर्छ । देश विकासको स्पष्ट मार्गदिशा हुनुपर्छ । नेता कार्यकर्तामा त्याग, समर्पण, निष्ठा हुनुपर्छ । आदर्शवान चरित्र हुनुपर्छ । अनिमात्र पार्टी बन्छ । हिजो बनेका पार्टीले यी सबै प्रक्रिया पुरा गरेका छन् र त अहिलेसम्म स्थापित छन् । र, त्यसैको आडमा टिकिरहेका छन् । पटक–पटक सत्ताको बागडोर सम्हालिरहेका छन् ।

गुण्डागर्दी, डन, चुल्ठे, मुन्द्रे, ठेकेदारसँग राजनीतिक समिक्षा गरिन्छ । प्राज्ञलाई देखेर तर्सिएन थालिएको छ । परिवारवाद, नातावाद र कृपावादकाआधारमा संगठनको पसल चलाइरहेका छन् ।

तर अहिलेका दल र त्यसका नेता–कार्यकर्ता विचार, सिद्धान्त र आदर्श भन्दा निकै पर अवसरवाद र लम्पसारवादको चक्रब्यूहमा फसेका छन् । भजनमण्डलीको मोहिनि जालमा चुर्लुम्म डुवेका छन् । चम्चेहरूको अन्धभक्तिगानलाई नै जनता सामु जोडिने पुल मानेका छन् । उठ्नै नसक्ने गरि जातीय, क्षेत्रीय साम्प्रदायिकतामा फसेका छन् । हत्या, हिंसा, बलत्कारीको संरक्षक बनेका छन् । भ्रष्टाचारको मतियार बनेका छन् । चरम भोगविलासको जिवनशैली अंगालेका छन् । रिस, डाह, प्रतिशोधका आधारमा स्वेच्छाचारी बनेका छन् । रात फेरिदा, चिया, कफि डिनरसँगसँगै जिव्रो फेरिन्छ । सबै राम्राकाम जति मैले गरेको बिग्रेको जति फलानोले भन्ने चरित्र विकास भएको छ । राजनीतिमा इमान्दारिता र निष्ठा अब ईतिहास भइसक्यो । गुण्डागर्दी, डन, चुल्ठे, मुन्द्रे, ठेकेदारसँग राजनीतिक समिक्षा गरिन्छ । प्राज्ञलाई देखेर तर्सिएन थालिएको छ । परिवारवाद, नातावाद र कृपावादका आधारमा संगठनको पसल चलाइरहेका छन् ।

यसर्थ अहिलेका पार्टी पुरानै संगठनको जगमा, पितृसत्तात्मक संगठनले धानिएको छ । जन्मदै झुन्डिएको ट्याग छ । जनतामा भएको दलप्रति सन्तुष्टि छैन । त्यो भन्दा गतिलो अर्को त हुनै सक्दैन । साथीभाई , इस्टमित्र हिजो जहाँ थिए आज त्यही छन् । कतै पोईल जानु संस्कारी गुणभित्र पर्दैन । हम्मेसी कुनै दलका अगुवा जनताको आँगनमा संगठन गर्न पुग्दैनन् । पुगे पनि जनताको रेडिमेड उत्तर छ “बाबू÷ नानी त राम्रो मान्छे हो । सहयोग गरेको पनि हो तर हाम्रो पार्टी अर्को पर्यो हजुरलाई साथ दिन सकिन्न । अहिलेसम्म त यही पार्टी भनेर बसियो अहिले आएर के पार्टी फेर्नु ?” मतलव अहिलेसम्म जे भयो अब कसैको भर परिन्न । यदाकदा दल फेर्नेका पनि प्रशस्त माग छन् ।

यदी ऊ निजामती कर्मचारी हो भने भनेको विभाग, मन्त्रालय सरूवा वढुवा , विदेश घुमघाम आदि गराईदिनुपर्ने छ । शिक्षक–कर्मचारी भए स्थायी, घरपायक सरूवा, बढुवा वा परिवारका फलानो फलानोलाई नयाँ नियुक्ति गरिदिनुपर्ने छ । अब बेरोजगार भए त एक सुत्रिय माग नै भइहाल्यो तत्काल राम्रो र आकर्षण सेवा सुविधा सहितको रोजगारि दिलाउने पर्ने छ ।

अरूअरूका कुरा पनि विभिन्न उपभोक्ता समितिमा अध्यक्ष चाहिएको छ। नाफा भए हुन्छ घाटा भयो पार्टी छोड्ने धम्की छ । भनेको कार्यक्रम भनेजति बजेट पार्नुपर्ने छ। अझ महत्वपूर्ण कुरो त उसलाई चित्त नबुझेको गाउँ वा व्यक्ति भएको समाजमा बजेट हाल्न समेत नपाई सर्त मान्नुपर्ने छ ।

विचार र सिद्धान्तको राजनीती खुईलिसकेपछि “गल खेत छाडेर खोरिया नबिराएकै जाति कमरेड ”

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar