काँग्रेसभित्र पराजयपछि आरोप प्रत्यारोप, यस्ता छन् हुँमागाई हार्नुका कारणहरु ?

काँग्रेसभित्र पराजयपछि आरोप प्रत्यारोप, यस्ता छन् हुँमागाई हार्नुका कारणहरु ?

काभ्रे जिल्लामा नेपाली काँग्रेसको राजनीतिको किङ्गमेकरका रुपमा चिनीएका नेपाली काँग्रेस काभ्रेका पूर्ब सभापति एबं पूर्ब केन्द्रिय सदस्य शिवप्रसाद हुँमागाई यस पटक नराम्ररी पछारिएका छन् । राष्ट्रिय राजनीतिमा ७० करोड भ्रष्टाचारको अभियोगमा चर्चामा रहेका एमालेका नेता एव् पूर्व सूचना एवम् संचारमन्त्री गोकुल बाँस्कोटासँग फराकिलो मतान्तरमा उनी पराजित भएका हुन ।

गठबन्धनका साझा उमेदवारका रुपमा प्रस्तुत गरिएका हुँमागाई स्थानीय तहको निर्वाचनको हिसावले एमाले भन्दा १६ हजार मतले अगाडी थिए । त्यसैले पनि काभ्रेमा यतिखेर शिवप्रसाद हुँमागाईको पराजयका बारेमा सर्बत्र चासो, चिन्ता र टिका टिप्पणी शुरु भएको छ । दुइ प्रतिनीधिसभा र चार प्रदेश सभा सदस्यमध्ये गठबन्धनका उमेदवारहरुमध्ये शिवप्रसाद हुँमागाई मात्र पराजित भएपछि बिभिन्न टिक्काटिप्पणी शुरु भएको हो ।

१) अर्को निर्वाचन क्षेत्र रोज्नु
संसदीय निर्वाचन क्षेत्रका हिसाबले काभ्रे क्षेत्र नं १ र २ क्षेत्रमा बिभाजन गरिएको छ । त्यसमध्ये शिवप्रसाद हुँमागाई प्रतिनीधि सभा क्षेत्र नं १ अन्र्तगत पनौती नगरपालिका वडा नं ९ का मतदाता हुन । उनले यो सम्पन्न निर्वाचनमा समेत आफूलाई मतदान गर्न पाएनन् । उनले प्रतिनीधि सभा २ मा सांगठनिक रुपमा लगानी गरेको बताउँदै आएपनि उनले २०५६ सालमा संसद निर्वाचित हुँदा यो निर्वाचन क्षेत्रको ३० वडा मात्र थिए । २०५६सालको निर्वाचन पछि उनको यस क्षेत्रसँग खासै क्रियाशिलता छैन । यही क्रियाशिलता नभएसँगै उनले बेलाबखत कार्यकर्ता माझमा आफनो क्षेत्र नभएकोले कार्यकर्ताको काममा समेत आनाकानी गर्दै आएका थिए । सायद आफनो क्षेत्र नभएर पनि होला उनले २०७४ सालको निर्वाचनमा यो क्षेत्रमा उमेदवारको दाबी समेत गरेनन । २०७४ सालमा बाम गठबन्धनका कारण निर्वाचन जित्ने संभाबना भने न्युन थियो । उक्त निर्वाचनमा एमालेको गोकूल बास्कोटा सँग नेपाली काँग्रेस काभ्रेका तात्कालिन सभापति मधु आचार्य करिब १८ हजार मतले पराजित हुन पुगेका थिए । तर यो निर्वाचनमा एकाएक शिवहुँमगाईको प्रबेशलाई बिश्लेषकहरुले अबसरको फाइदा उठाउन खोजेको आंकलन गरेका थिए । तर अन्तत ः परिणामले हुँमागाईलाई ढुंङगा लाग्यो ।

२) पुराना र सिनियर नेताप्रतिको बेवास्ता
काभ्रे जिल्लामा मुलतः नयाँ पुस्तालाई समय अनुसार आफनो पक्षमा प्रयोग गर्न माहिर नेताहरुको सूचिमा शिवप्रसाद हुँमागाई क्षेत्र नं १ मा पर्छन । त्यसैले उनी समकक्षी नेताभन्दा पनि छोरा वा नाती पुस्तासँग काम गर्न रुचाउने नेताका रुपमा देखिन्छन् । त्यसैले पनि होला यस पटकको निर्वाचनमा उनको साथमा उनीसँगै राजनीतिमा क्रियाशिल रहेका पुराना नेताहरु इन्द्रमणी अधिकारी, कमला थापा, रामकुमार मुल्मी, कुमार प्रसाद लामीछाने, प्रचण्डराज प्रधान, शंखबुद्ध लामा, कृष्णबुद्ध बजगाई, प्रकाश थापा, तोरणबहादुर क्षेत्री ,प्रकाश लामा, बिदुर बञ्जारा कोही पनि देखिएनन् । सिनियर नेताहरु मधु आचार्य, गणेश लामा, महेश खरेललाई बेवास्ता गरेर उनले ठाकुरप्रसाद न्यौपाने, रमेश प्रसाद हुँमागाई, सुन्दरमणी आचार्य, दील लामाको भने सक्रिय सहभागीता रहेको थियो । बिडम्बना नेपाली काँग्रेसको चौधौं महाधिबेशनमा हुँमागाईले नै निर्वाचित गराएका पदाधिकारी र जिल्ला सदस्यहरुको समेत खासै सक्रियता देखिएन ।

३) पार्टी पद्धतिलाई अबमुल्यन गर्नु
नेपाली काँग्रेसको बिधि, प्रकृयाबाट संसदीय निर्वाचनमा टिकट पाएका उमेदवार र जिल्ला समितिले समेत पार्टीका निकायहरुलाई परिचालन गर्न सकेनन । प्रतिनीधि सभा २ नं मा पार्टी र गठबन्धनको लिखित कार्यबिधिलाई समेत मिचेर निर्वाचन परिचालन समितिमा प्रतिनीधि सभा सभापति महेश खरेललाई बेवास्ता र अबमुल्यन गर्दै जिल्ला समितिबाट जिल्ला उपसभापति ठाकुर प्रसाद न्यौपानेलाई निर्वाचन हेर्ने गरी काजमा नेता लिएर उनकै संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन भएको पाइयो । साथमा महाधिबेशन, महासमिति सदश्य र जिल्ला सदश्यहरु समेत निर्वाचनका समयमा काम बिहिन बन्न पुगे । आफ्नै स्वविबेकमा कार्यक्रममा सहभागि भएका नेताहरुलाई समेत बेवास्ता र अपमान गरिरको आरोप लाग्यो ।

४)संस्थागत कामभन्दा पनि ब्यक्तिगत जिम्बेवारी प्रदान गर्नु
यस पटको निर्वाचन दलको बैशाखी टेकेर उमेदवारले टिकट लिएपछि दललाई बिर्सेर पञ्चायती शैलीमा चुनाब लडेको सबैको टिप्पणी चलेको छ । मनोनयन दर्ता सँगै पार्टीका माथिदेखि तलसम्मका पार्टी निकायहरुमा बैठक, छलफल, अन्र्तक्रिया, भेला राख्नुपर्नेमा उमेदवारहरु नै गुटको भेला गर्ने र किचन क्यकबिनेटलाई मात्र साथमा लिएर हिड्ने गरेका कारण पनि निर्वाचनले परिणाम दिन नसकेको अगुवा कार्यकर्ता बताउँदै आएका छन् । उमेदवारहरुले फेसबुके कार्यकर्ता बोकेर असल कार्यकर्ता बिर्सेको आरोप उनीहरुले लगाएका छन् ।

५) बिगतका दिनमा बिपक्षीहरुसँगको साँठगाँठ बाहिरिनु
काभ्रे काँग्रेसका नेताहरुमध्ये सबैभन्दा बिबादमा रहेका नेताको नाम हो शिबप्रसाद हुँमागाई । उनलाई कहिले बिष्णुप्रसाद हुँमागाईलाई हराएको आरोप, कहिले राजेन्द्र खरेललाई हराएको आरोप हुँदाहुदै २०७४को निर्वाचनमा कञ्चनचन्द्र बादे र मधु आचार्यलाई गोकूल बाँस्कोटासँग मिलेर चुनाब हराएको आरोप समेत लाग्दै आएको थियो ।

यसैगरी हुँमागाईलाई कहिले पार्टीको नामको जग्गा पटक पटक बेचेर हिसाब सार्बजनिक नगरेको ,कहिले गणतन्त्रको आन्दोलनमा जेलमा रहेका तात्कालिन जिल्ला सभापति मधु आचार्यको पद खोसेको , मधु आचार्यलाई गाउँ गाउँका कार्यक्रममा सहभागी हुन बाट रोक लगाएको ,स्थानीय तहको निर्वाचन र पार्टीको अधिबेशनमाबिभिन्न पदमा उठ्न इच्छा गरेका साथीहरुलाई टिममा पारीदिन्छु भनेर कार्यकर्ताहरुसँग मोटो रकम लिएको जस्ता थुप्रै आरोप लाग्दै आएका छन् । २०७४ सालमा गोकूल बाँस्कोटासँग गठजोर गरेको आरोप लागेका हुँमागाईले यस पटकको चुनाबमा ७० करोडको बिषयमा स पनि उच्चारण गरेनन । केबल काभ्रेको शिर झुक्न दिन्न भनेर मात्र भने । तर गठबन्धनका दलहरुले चर्को बिरोध गर्दा समेत जनतालाई च्वाइस गर्न गरेको अपिलले पनि हुँमागाईलाई क्षति गरेको शंका छ ।

६) आफनै घेराभित्रका साथीहरुको चरम असन्तुष्टिको पहिचान गर्न नसक्नु
लामो समय आफनो सन्निकटमा रहेर काम गरेका साथीहरुको असन्तुष्टिका बारेमा बुझन नसक्दा आज हुँमागाईले यो हार ब्यहोर्नुपरेको अनुमान गरिदैछ । हुँमागाईलाई लामो समयदेखि पछ्याउँदै आएका नेपाली काँग्रेसका युवा नेताहरु सुन्दरमणी आचार्य, राम जोशी,।बद्री खकुरेल, नेपाली काँग्रेस बनेपा नगरका सभापति महेश कुमार कर्माचार्य, पूर्ब जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैल, रामहरी सापकोटा, जिल्ला सचिब माधब ढकाललाई यो निर्वाचनमा राम्ररी परिचालन गर्न नसकेको राजनैतिक जानकारहरु बताउँछन् । निर्वाचनमा लागेका नेताहरुको गाउँ र वडामा पनि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारहरुले पाएको मतभन्दा पनि उनले न्यून प्राप्त गरेका थिए

७) राष्ट्रसेवक कर्मचारी, निर्वाचन अधिकृतहरुसँगको सम्बन्धमा दरार आउनु
काभ्रे जिल्लाको राजनीतिमा कहिल्यै हार्न नजानेका काँग्रेस नेता हुँमागाईले यो निर्वाचनमा कर्मचारीहरुको पनि पर्याप्त सहयोग र सहकार्य प्राप्त गर्न सकेनन । मनोनयन दर्तासँग शुरु भएको बिबादको झिल्को उमेदवारी फिर्तासम्म पुग्दा चुलिन पुग्यो । त्यसबाट अन्तत्वगत्वा हुँमागाईलाई क्षति पु¥यायो । गठबन्धनका प्रदेश उमेदवारका रुपमा कञ्चनचन्द्रबादेको उमेदवारी परे लगत्तै नेकपा समाजबादीका जिल्ला अध्यक्ष बसुन्धरा हुँमागाईले दर्ता गराएको उमेदवारी फिर्ता गर्न शिबप्रसाद हुँमागाईले जिल्ला निर्वाचन प्रमुखलाई गुण्डागर्दी शैलीमा म को होरु चिन्छस् भनेर फोन मार्फत धम्क्याएपछि यो खबर कर्मचारी बृत्तमा फैलिएपछि हुँमागाई प्रति सबैको सदभाब खलबलिएको एक कर्मचारीले बताएका थिए ।

८) टिकटको प्रतिस्पर्धामा रहेका नेताहरुलाई मिलाएर लैजान नसक्नु
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदबार बनेका हुँमागाईले नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य गणेश लामा, प्रदेश महामन्त्री एबं प्रदेश सभाका उमेदवार कञ्चनचन्द्र बादे र प्रतिनीधि सभाका सभापतिले असहयोग गर्छन र उनीहरुले असहयोग गरेपनि आफनो जीतलाई कसैले रोक्न नसक्ने अभिब्यक्ति बालुवाटारदेखि काभ्रेसम्म दिंदै हिड्नु , प्रतिनिधिसभासभाका उमेदवारहरुलाई निर्वाचन प्रचार प्रसार अभियानमा भुमिका सहित परिचालन गर्न नसक्नु ,कार्यक्रममा पुगेको नेताहरुको अबमुल्यन र मान मर्दन गर्नु , प्रचारप्रसारका कार्यक्रम एकलौटी तय गर्नु आदीले पार्टीभित्रको एकतामा समेत बल नपुगेका कारण निर्वाचन परिणाम सुखद नभएको बिश्लेषण हुन थालेको छ । यसरी कमी र कमजोरीलाई सुक्ष रुपमा बिश्लेषण गर्दै पार्टीको एकतामा जोड दिनुपर्ने पार्टीका अगुवा नै यतिखेर आफुसँग असहमती राख्ने सबैला्ई कार्बाही गरेर इक छत्र राज गर्ने रणनीतिमा लागेपछि हिजोआज सामाजिक सञ्जालमा दोहोरी चल्न थालेको छ । यसलाई समयमा नै समाधान नगरे नेपाली काँग्रेस अर्धनाश बाट सर्बनाश तिर जाने देखिन्छ ।

९) मतको क्याल्कुलेशन नमिल्नु

निर्वाचनमा टिकेट ल्याउने वित्तिकै २० हजारले चुनाव जित्ने बताउँदै आएका हुमागाई अन्तत पराजित भए । चुनावको दिन हुँदै मतगणनाको दिन सम्म आईपुग्दा पनि ५ देखि ६ हजारले चुनाव जित्ने प्रक्षेपण भएकोमा अन्तत त्यतिकै अंकमा पराजित हुन पुगे । यस क्षेत्र भित्र पर्ने बेथान बाहेक बनेपा, भुम्ल, पाँचखाल, मण्डनदेउपुर, धुलिखेल हुँदै आफ्नै गृहनगरमा समेत बाँस्कोटा भन्दा मतमा पछि परे । समानुपातिक मतलाई हेर्ने हो भने पनि प्रत्यक्षमा आएको मत भन्दा निकै कम आएको छ । मतको प्याटनै हेर्दा काँग्रेस त्यसमा पनि उम्मेदवार प्र्रति मतदाता त्यति धेरै सन्तुष्ट भएको देखिन्न । आफुलाई कम मत आएको बताउँने हुँमागाई आफनो गृहनगरमा पार्टी सभापति तिर्थ लामालाई समेत मत झार्न असफल रहे । आफु उठेको ठाउँमा मत कम आयो भनेर अरुलाई दोष लगाईरहँदा आफ्नो पालिकामा पार्टी सभापतिलाई कम मत झरेको कुरामा भने मौन छन् । गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवार विजयी हुँदै गर्दा हुँमागाई मात्र किन पराजित भए ? व्यक्तिगत कमजोर वा अगाडीको रिस फेरे वा पार्टी तथा गठबन्धनदलबाट असहयोग भयो भन्ने कुरामा गम्भिर छलफल हुन जरुरी छ ।

निर्वाचनको परिणाम सार्वजनिक भए लगत्तै गठबन्धनले आयोजना गरेको बिजय जुलुसलाई हुँमागाईले सम्बोधन गर्ने क्रममा आफु चौतर्फ घेराबन्धीमा परेंको र चक्रब्युहमा पारेर हरायएको बताउँदै यसको एक एक हिसाब हुने बताएका थिए । तर उनले यसको कारण र कथनी भने खुलाएन । तर राजनैतिक रुपमा सचेत र क्रियाशिल भएका मानिसहरु भने शिवप्रसाद हुँमागाईले निर्वाचनमा पराजय भोग्नु परेको विभिन्न कारणहरु भएको बताउँछन् ।

लेखक रबिन शर्मा (बनेपा)

प्रकाशित मिति:     १४ मंसिर २०७९, बुधबार  |    Himali Khabar