डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र नियुक्त

डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र नियुक्त

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्।

गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मन्त्रीपरिषद्ले आज उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो।

ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्। ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन्।

प्रकाशित मिति:     २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar