राज्यमन्त्री उमेश श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार, किने ‘बीवाइडी ई–सिक्स’

राज्यमन्त्री उमेश श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार, किने ‘बीवाइडी ई–सिक्स’

काठमाडौं । विद्युतीय गाडीले चर्चा पाइरहेकाबेला राज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी ई–सिक्स किनेका छन् । बहालवाल राज्यमन्त्री बनेका श्रेष्ठले आफ्नै पैसाले विद्युतीय कार किनेका हुन् ।

पछिल्लो समय धेरैको मन जितेकाे ई–सिक्सले मन्त्रीको समेत मन जित्न सफल भएको छ । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले भने ‘आरामदायी र धेरै रेन्ज दिने गाडी भएकाले मेरो रोजाईमा बीवाइडी ई–सिक्स परेको हो ।’ यो गाडी नेपाली बजारमा सन् २०२१ मा आएको हो ।

नयाँ ई–सिक्स नेपालमा उपलब्ध सबैभन्दा धेरै क्षमताको ब्याट्री भएकाे गाडी हो । यसमा बीवाइडीको नविन टेक्नोलोजी युक्त ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा रहेको ब्याट्री ४ हजार चार्जिङ साइकल चल्नेछ ।

लामो यात्राको लागि प्रा:य ठूलो गाडी सुरक्षित र भरपर्दाे मानिन्छ । यसकाे लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । जसको कारण गाडी निकै फराकिलो र स्पेसियस पाउन सकिन्छ ।

प्रकाशित मिति:     २६ श्रावण २०७९, बिहीबार  |    Himali Khabar