नेपालमा गत बर्ष ३ खर्ब बढिकाे पेट्रोलियम पदार्थ मात्रै आयात

नेपालमा गत बर्ष ३ खर्ब बढिकाे पेट्रोलियम पदार्थ मात्रै आयात

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्बको वस्तु आयात गर्दा पेट्रोलियम पदार्थ मात्रै ३ खर्ब २२ अर्ब १ करोड ३० लाख रुपैयाँको आयात गरेको । जुन आयात वस्तुको १६.७६ प्रतिशत हिस्सा हो ।

नेपालले सो अवधिमा ७१ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको ७ लाख ३८ हजार ५३६ किलोलिटर पेट्रोल, १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको १७ लाख ५५ हजार किलोलिटर डिजेल, ६५ अर्ब ५५ करोड ९ लाख रुपैयाँको ५३ करोड ५८ लाख ६५ हजार ४१५ केजी एलपीजी ग्यास, १५ अर्ब १५ करोड ४९ लाख रुपैयाँको ३० लाख २६ हजार ७२१ किलोलिटरको एटीएफ र १ अर्ब ६८ करोड ५४ लाख रुपैयाँको १७ हजार २८० मट्टितेल आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

प्रकाशित मिति:     १० श्रावण २०७९, मंगलवार  |    Himali Khabar