पोखराका करोडपति मेयर, यस्तो छ सम्पत्ति विवरण

पोखराका करोडपति मेयर, यस्तो छ सम्पत्ति विवरण

पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् ।

उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गामा उनको दुईवटा घर छ । त्यसको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको आचार्यले उल्लेख गरेका छन् ।

श्रीमती पुष्पाकुमारीकै नाममा काठमाडौं सीता पाइलामा मेयर आचार्यको ९२५ वर्गफिटको २ कित्ता जग्गामा उनको घर छ । जसको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको मेयर आचार्यले खुलाएका छन् ।

नगद र बैंक मौज्दात गरी १५ लाख नगद राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् ।

अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति:     ४ श्रावण २०७९, बुधबार  |    Himali Khabar