मन्त्रीमण्डल हेरफेरः कसलाई कुनको जिम्मेवारी (सुचीसहित)

मन्त्रीमण्डल हेरफेरः कसलाई कुनको जिम्मेवारी (सुचीसहित)

काठमाडौं । मन्त्रीमण्डल हेरफेर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रीमण्डल हेरफेर गरेका हुन् । यससँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन भएका छन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई नियुक्ति गरेकी छन् । जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति:     १२ असार २०७९, आईतवार  |    Himali Khabar