पुनर्कर्जा कार्यविधि २०७७ संशोधन, अब यी उद्यम र क्षेत्रले पनि पाउने छन् पुनर्कर्जा सुविधा

पुनर्कर्जा कार्यविधि २०७७ संशोधन, अब यी उद्यम र क्षेत्रले पनि पाउने छन् पुनर्कर्जा सुविधा

काठमाडौं, २३ फागुन । ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ संशोधन गरेको छ । कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले १० मेगावाट उत्पादन क्षमताभन्दा साना जलविद्युत आयोजनालाई पनि विशेष पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यस्तै निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले संचालन गरेका उद्यम व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र उद्यमी स्वयंम सहभागि भई गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिने व्यवस्था गरेको छ।

यस्तै राष्ट्र बैंकले कार्यविधिको संशोधन गर्दै पुनर्कर्जा सुविधाको सीमामा पहि हेरफेर गर्न सकिने व्यवस्था गरेको छ। यसअघि इजाजतप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सिमा ५ करोड रुपैयाँ थियो भने यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नसक्ने व्यवस्था थियो।

https://www.nrb.org.np/contents/uploads/2021/03/New-Refinance-Procedure2077-first-ammendment-1.pdf

प्रकाशित मिति:     २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar