पेट्रोलियम चालक संघको पनि आन्दोलन फिर्ता

पेट्रोलियम चालक संघको पनि आन्दोलन फिर्ता

काठमाडौं । नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता गरेको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा रहेका चालकहरू, नेपाल आयल निगम, डिपो प्रमुख, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहमति भएपछि आन्दोलन फिर्ता लिएका हुन् ।

नेपाल आयल निगमका कार्यवाहक महाप्रबन्धक वीरेन्द्र गोइत, प्रवक्ता विनितमणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका सचिव विष्णु कुमार खड्का र नेपाल पेट्रोलियम चालक संघ केन्द्रीय अध्यक्ष ईश्वर लामासहितको वार्तापछि सहमति भएको हो ।

हिजो मात्रै आयल निगम र व्यवसायीहरुबीच सहमति भएको थियो । अब पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति:     २१ चैत्र २०७८, सोमबार  |    Himali Khabar