धितोपत्र बोर्डको अध्यक्षमा तीनजना छनौट, हमालको सम्भावना बढी

धितोपत्र बोर्डको अध्यक्षमा तीनजना छनौट, हमालको सम्भावना बढी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीनजनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।

समितिले छनौट गरी सोही नाम मन्त्रिपरिषदमा सिफरिस गर्नेछ । सिफरिस गरिएको ३ जनाबाटै एकजनालाई अब बस्ने मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको थियो ।

प्रकाशित मिति:     ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar