दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दै

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दै

काठमाडौं । सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्य वृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो ।

मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो ।
प्रतिवेदनमा पशुलाई खुवाउने आहारा (दाना, चोक्कर, ढुटो, पिना, पराल र घाँस) को मूल्य धेरै बढेको तर दूधको मूल्य साढे दुई वर्षसम्म यथावत् रहेको हुँदा किसान घाटा खाएर दूध बेच्न बाध्य रहको उल्लेख छ ।

विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए तापनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको छैन । अहिले किसानले प्रतिलिटर रू. ५३ मा दूध विक्री गर्दै आएका छन् ।
उक्त मूल्यमा दूध विक्री गर्दा किसानले प्रतिलिटर रू. ४ घाटा व्यहोर्न पर्ने प्रतिवेदनमा उल्लेख छ । यसअवधिमा औषधि, रेखदेख गर्ने गोठालोको तबलभत्ता, ढुवानी खर्च र अन्य उपकरणलगायतका सामग्रीको मूल्य आकासिएकाले पनि समयानुकूल मूल्य वृद्धि हुन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:     ७ माघ २०७८, शुक्रबार  |    Himali Khabar