पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा दोषी ठहर भएको खुलासा

पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा दोषी ठहर भएको खुलासा

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सुनको अवैध कारोबार गरेको पाइएको छ । गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो । त्यही आरोपमा छानबिन गर्ने क्रममा उनी निलम्बनमा परेका थिए ।

तर निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनका थप कमजोरी र आरोपमाथि मन्त्रालयले छानबिन गर्न थालेको छ । यस क्रममा रेग्मीले सुनको चोरी पैठारीमा संरग रहेको पाइएको हो ।मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा गत २९ पुसमा विगतमा अवैध सुनको कारोबार भएको भन्ने सूचना आएकोले खुलाउन भन्दै पत्र पठाएको थियो ।

त्यसको अर्को दिन विमानस्थल कार्यालयले मन्त्रालयमा जवाफ फर्काएको छ । उनले २०७४ सालमा कतार एयरको जहाजबाट नेपाल फर्कने क्रममा विष्कुट आकारको तीन थान सुन (३०) ग्राम ल्याएको भन्सार कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति:     २ माघ २०७८, आईतवार  |    Himali Khabar