मुलुकको आर्थिक बृद्धि ऋणात्मक

मुलुकको आर्थिक बृद्धि ऋणात्मक

काठमाडौं, २० फागुन । गत आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहिबार गत आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमास र चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो ।

विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको छ । जुन केन्द्रीय तथ्याङ्क विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्याँकमा यस्तो देखिएको हो ।

साथै कोरोना भाइरस महामारीका कारण पनि आर्थिक वृद्धिदर ऋणात्मक आएको विभागको भनाई छ । यसअघि सन् २०००–२००१ लाई आधार मानेर तथ्याङ्क सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०–२०११ लाई आधार मानेर तथ्याङ्क तयार गरिएको विभागले जनाएको छ ।

विभागले पाँचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको हो । अबदेखि हुने सम्पूर्ण गणनाहरूको आधार वर्ष २०१०र११ हुनेछ । आधार वर्ष परिवर्तन गर्दै तथ्याङ्क तयार गरेको विभागले मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको जनाएको छ ।

प्रकाशित मिति:     २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar