डब्लूटिएमको कार्यक्रममा पर्यटन बोर्डको ८० लाख खर्च, छानबिन गर्न मन्त्री आलेको जोड

डब्लूटिएमको कार्यक्रममा पर्यटन बोर्डको ८० लाख खर्च, छानबिन गर्न मन्त्री आलेको जोड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा पर्यटन बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् । त्यहाँ रहदा सबै खाने खर्च आफूले व्यहोरेकाले भन्दै उक्त खर्चबारेछानबिन गरेर कारबाही गर्नुपर्ने बताए ।

उनले बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ डा. धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश पोखे । रेग्मीलाई साँढेको संज्ञा दिँदै मन्त्री आलेले गाडी व्यापारीलाई सिईओ बनाउनु नै गलत भएको बताए ।

उनले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने उनको तर्क छ ।

प्रकाशित मिति:     १६ पुष २०७८, शुक्रबार  |    Himali Khabar