पर्यटन मन्त्रालयले मातहतका निकायको अचल सम्पत्तिको विवरण राख्ने

पर्यटन मन्त्रालयले मातहतका निकायको अचल सम्पत्तिको विवरण राख्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग गरेको छ ।

सरकारी नियकालाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आफू मातहतका नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, विभिन्न विकास समिति, पर्यटन तथा पुरातत्व विभाग र संग्रहालयहरुलाई पत्र लेख्दै यस्तो विवरण पठाउन भनेको हो ।

आफ्नो स्वामित्वमा रहेका जग्गा, भवन तथा सवारी साधनको लगत नराख्दा त्यसको उपयोग गर्ने, परिचालन र संरक्षणमा समेत समस्या भएको भन्दै मन्त्रालयले सबै निकायलाई सचेत गराएको हो ।

प्रकाशित मिति:     १३ पुष २०७८, मंगलवार  |    Himali Khabar