साताको पहिलो दिन नै सेयर बजारमा पहिरो

साताको पहिलो दिन नै सेयर बजारमा पहिरो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दुमा ओर्लिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच भएका छन्। यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा ओर्लिएको छ।

आइतबार कारोबारमा आएका सबै समूहका सूचकहरु ओरालो लागेका छन्। आज सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ता र फाइनान्स कम्पनी समूहको सेयर मूल्य ओरालो लागेको छ। यस समूहहरुको सेयर मूल्य क्रमशः ४.५४ प्रतिशत र ४.२९ प्रतिशतले घटेको छ। आज कारोबारमा आएका १२ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

प्रकाशित मिति:     १९ मंसिर २०७८, आईतवार  |    Himali Khabar