मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३सय १५ मोटरसाइकल र ८ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए ।

मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ’ स्थापना गरी सादा पोसाकका ट्राफिकमार्फत खोजी कार्यलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरी निरीक्षक जितेश दहालको नेतृत्वमा १६ जना सादा पोसाकमा रहेका प्रहरीले शङ्कास्पद स्थान तथा व्यक्तिमाथिको निगरानी तथा खोजतलास बढाएको छ ।

मोटरसाइकल तथा स्कुटरको चोरीमा व्यावसायिक गिरोह नै सक्रिय रहेको खुलेको छ । आर्थिक अवस्था कमजोर भएका युवा तथा कतिपय किशोरसमेत यस्तो गिरोहमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     १३ मंसिर २०७८, सोमबार  |    Himali Khabar