किसानलाई सरकारले पाँच अर्ब दिने

किसानलाई सरकारले पाँच अर्ब दिने

काठमाडौं। बेमौसमी वर्षा र बाढीबाट क्षति व्यहोरेका किसानलाई सरकारले पाँच अर्ब रुपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साता आएको बाढी तथा वर्षाबाट धानबालीमा पुगेको क्षतिलाई राहत स्वरुप सरकारले क्षतिपूर्ति वितरण गर्ने भएको हो।

यसका लागि किसानले आफ्नो क्षतिको माग दाबी गर्नुपर्नेछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५ दिनको सूचना दिएर किसानलाई आफ्नो क्षति दाबी गर्नका लागि आब्हान गर्ने तयारी थालेको हो। त्यसका लागि कार्यविधिसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। किसानले आफ्नो क्षतिको विवरण स्थानीय तहमा दिनुपर्नेछ।

प्रकाशित मिति:     २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar