भान्सामा बिजुली प्रयोग गर्नेगरी प्रोत्साहन नीति ल्याउँदै

भान्सामा बिजुली प्रयोग गर्नेगरी प्रोत्साहन नीति ल्याउँदै

काठमाडौं । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन सहज हुने भएको छ । विद्युत् अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् ।

नेपाल आयल निगमको विवरणअनुसार झण्डै ४० अर्ब रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास नेपाल आयात हुने गरेको छ । शुक्रबार त निगमले एलपी ग्यासको मूल्यवृद्धि गरेर प्रतिसिलिन्डर रु एक हजार ५ सय पुर्‍याएको छ ।

प्रकाशित मिति:     १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar