कोरोनाले अन्योलमा जनगणना, जिल्लामा भाडामा लिएका कार्यालयहरुको पनि समय सकियो

कोरोनाले अन्योलमा जनगणना, जिल्लामा भाडामा लिएका कार्यालयहरुको पनि समय सकियो

काठमाडौं । कोरोनाको कारण रोकिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण थप अन्योलमा परेको छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारीस्वरूप आठ हजार पाँच सय सुपरिवेक्षकलाई तालिमसमेत दिइसकेको छ । ७७ जिल्लाका ८७ कार्यालयमा सामानसमेत पु¥याइएको छ । विभागको ३३ जिल्लामा कार्यालय छ । अरु केही जिल्लाका कार्यालय सरकारी भवनमा सञ्चालन गरिए पनि धेरै जिल्लामा कार्यालयका भाडा तिर्न बाध्य हुनुपरेको छ । कार्यालय बन्द गर्दा सामान कहाँ राख्ने भन्ने समस्या छ ।

असारसम्मका लागि लिइएको जिल्ला जिल्लाका जनगणना कार्यालयको म्याद असोजसम्म थपिए पनि काम हुने नहुने भन्ने निश्चित नभएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

जनगणनाका लागि सुपरिवेक्षक छनोट गरी ३९ हजार गणक छान्ने प्रक्रिया शुरु भएको थियो ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar