यी ५२ कम्पनीले काठमाडौं महानगरलाई तिरेनन् कर

यी ५२ कम्पनीले काठमाडौं महानगरलाई तिरेनन् कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका ५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ।महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर वापतको रकम तोकिएको समयमा बक्यौता गर्न बाँकी रहेका विभिन्न ५२ करदातालाई काठमाडौं आइतबार एक सूचना मार्फत ३० दिनभित्र कर तिर्न भनेको हो ।

महानगपालिकाले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेज, जय नेपाल हल, इम्पोरियल अर्पाटमेन्ट, कान्तिपुर होटल, होटल हिमालयन, सिटी होटल्स, शुभकामना हाउजीङ्ग, गोपीकृष्ण मुभिजु, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण, चेम्बर भवन, नेशनल ट्रेडिङ्ग, के एल टावर, सिटी सेन्टर लगायतका ५२ करदातालाई एक महिनाभित्र बक्यौता कर भुक्तानी गर्न पत्राचार गरेको हो।

वडा कार्यालय तथा राजस्व विभागले पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको सूचनामा उल्लेख छ । ३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुपर्ने छ ।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar