बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

काठमाडौं। बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो । आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:     २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar