फ्रन्सका बर्नार्ड आर्नोल बने विश्वकै सबैभन्दा धनी, १ खर्ब ९९ डलर सम्पत्ति

फ्रन्सका बर्नार्ड आर्नोल बने विश्वकै सबैभन्दा धनी, १ खर्ब ९९ डलर सम्पत्ति

काठमाडौं । फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर बिहीवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार बिहीवारसम्ममा आर्नोलको नेटवर्थ १ खर्ब ९९ डलर रहेको छ । बेजोसको भने १ खर्ब ९३ अर्ब डलर छ । बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो ।

यस्तै टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति १ खर्ब ८४ अर्ब डलर रहेको छ । आर्नोल यसअघि पनि विश्वकै धनी बनेका थिए ।

प्रकाशित मिति:     २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar