भुकम्पले भत्काएका मध्ये एक लाख सात हजार तीन सय ५२ वटा घर नयाँ बने

भुकम्पले भत्काएका मध्ये एक लाख सात हजार तीन सय ५२ वटा घर नयाँ बने

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नयाँ ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् ।

पुरानासहित ४१ हजार ७३८ हजार भूकम्प पीडितले अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् ।

गत बर्ष थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा सांस्कृतिक सम्पदा र नौ वटा सरकारी भवनको पुनःनिर्माण भएको छ । यस अवधिमा पुनःनिर्माण भइरहेका सुरक्षा निकायका नौ वटा भवनको पनि पुनःनिर्माण सम्पन्न भएको छ । योसँगै प्राधिकरणबाट पुनःनिर्माण हुने निश्चित भएका सबै २१६ वटा सुरक्षा निकायका भवनको काम सकिएको छ ।

कोभिड महामारीलगायत समस्याका बावजुद गत आवमा पुनःनिर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको छ । निजी आवासतर्फ विनियोजित कूल बजेट २३ अर्ब ८४ करोड ८८ लाखमध्ये २१ अर्ब ५६ करोड आठ लाख रुपैयाँ खर्च भएको छ, जुन ९०.४१ प्रतिशत हो ।

समग्रमा पुनःनिर्माणका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाखमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति:     २० श्रावण २०७८, बुधबार  |    Himali Khabar