प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

मतदानमा २४९ उपस्थित थिए । मतदानमा उनको पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत परेको थियो । साथै एक संसद तटस्थ रहनुभएको थियो । प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar