खाना पकाउने ग्यासको मूल्य बढ्याे, प्रति सिलिण्डर १४२५ रुपैयाँ

खाना पकाउने ग्यासको मूल्य बढ्याे, प्रति सिलिण्डर १४२५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको हो । अब ग्यासको नयाँ मूल्य एक हजार चार सय २५ रुपैयाँ भएको छ ।

त्यस्तै निगमले राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको साबिकको बिक्रि मूल्यमा दुई रुपैयाँ बढाएको छ । निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रति लिटर दुई रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर १९ ले वृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar