सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ
। सोमबार सीआईबीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो ।

बैंकिङ कसुरको मुद्दा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए । यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० फागुन १५ मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनोज न्यौपाने र तुलसी गौतमसहितका १० कर्मचारी पक्राउ परेका थिए।

तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत पक्राउ परेका छन् । यीमध्ये ५ जना प्रभु बैंकका बालवाला कर्मचारी हुन् । उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए ।

प्रकाशित मिति:     २८ जेष्ठ २०८१, सोमबार  |    Himali Khabar