दाल चामलको अग्रिम आय कर फिर्ता लिन व्यवसायीको माग 

दाल चामलको अग्रिम आय कर फिर्ता लिन व्यवसायीको माग 

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार दाल चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगड पनि सरकारले तत्काल यस्तो निर्णय फिर्ता नलिए नेपालका उद्योगहरु धराशायी हुने बताए । नेपालका करिव ३५ अर्ब रुपैयाँ बराबरको लगानी भई ५ हजार बढीलाई रोजगारी दिईरहेको दाल उद्योगमा सरकारले गिद्धे नजर लगाउँदा स्वदेशी उद्योग सर्भाइभ नै हुन नसक्ने अवस्था आएको उनले बताए । स्वदेशी उद्योगहरुले १० प्रतिशतको आग्रिम आयकर थेग्न नसक्ने हुँदा उद्योगहरु बन्द हुने निश्चित भएको उनले बताए ।

प्रकाशित मिति:     २३ जेष्ठ २०८१, बुधबार  |    Himali Khabar