एनआईटिई नेपालको पर्यटन प्रवद्र्धन गर्ने नयाँ प्लेटफर्म हो

एनआईटिई नेपालको पर्यटन प्रवद्र्धन गर्ने नयाँ प्लेटफर्म हो

विष्णु पाण्डे–प्रबन्धनिर्देशक, समिट इभेन्ट प्रा.लि.

नेपाल ईन्टरनेशनल टुरिजम एक्सपो (एनआइटीई) यो निजी क्षेत्रले आयोजना गर्न लागेको एक्सपो हो । यही जुन १४ र १५ गते काठमाडौंमा हुँदैछ । विगतम नेपालको काठमाडौं, चितवन, पोखरा, लुम्बिनी मात्रै पर्यटकीय गन्तव्य थियो । त्यसपछि पदयात्रामा जाने हो । अब अहिले सबैतिर पर्यटकीय गन्तव्य विस्तर भइरहेको छ । गाउँगाउँमा सामुदायिक होमस्टेहरु खुलेका छन् । पाँच तारे होटल नै इलाम, मेची, नेपालगञ्ज, सुदूरपश्चिम धेरै तिर खुलेको छ । गन्तव्यहरु पनि विस्तार हुँदै गएको छ ।

विदेशमा हुने यस्ता ट्राभल फेयरहरु डब्लुटिएम लण्डन, आइटीबी बर्लिन, फिटुर, साट्टे, ओटिएम एउटा प्लेटफर्म हो । जहाँ सबै मानिसहरु भेला भएर व्यवसाय प्रवद्र्धन गर्छन । पर्यटन भनेको बिजनेश एक्सचेञ्ज गर्ने हो, सँगै आइडिया र लिङ्क एक्सचेञ्ज गर्ने हो । र, त्यसपछि पछि बिजनेश दिने हो । त्यस्तै एउटा प्लेटफर्म जुन १४ र १५ मा हामीले काठमाडौंमा आयोजना गर्दैछौ ।

एकै ठाउँमा होटल, एभिएसन, ट्राभल, टुर, ट्रान्सर्पोट, र्याफटिङ, प्याराग्लाइडिङ, बञ्जी सबै व्यवसायी एक ठाँउमा भेला भएर आफ्नो प्रोड्क्टका बारेमा भन्ने र बुुझाउने माध्यम हो । जहाँ भारत, बंगलादेश, चीन, भुटान, भियतनाम, थाइल्याण्ड, अजरबैजान, टर्की, मलेसिया लगायतका देशबाट एउटा बायर बनेर आउछन् । जसले नेपालको टुर प्याकेज सेल गरिरहेका छन् । उनीहरुले यहाँको गन्तव्य र सेवाबारे बुझ्ने छन् भने उनीहरुको आवश्यकता पनि भन्ने छन् ।

मानौं दुबईबाट शेख नोपल घुम्न आयो भने उसले के चाहन्छ । मेरो क्लाइन्टलाई यो–यो सेवा सुविधा चाहिन्छ तिमीले दिन सक्छौ भनेर हामीलाई सोध्छन् । उनीहरुले त्यसरी बिजनेश एक्सचेञ्ज गर्छन । त्यो प्लेटर्म हामीले एक्सपो मार्फत क्रियट गर्न खोजेको हो । जुन कुरा हामी व्यवसायीहरु विदेशमा गएर आफ्नो प्रोडक्टबारे भन्थ्यौ भने अब बिदेशीलाई नै यहाँ ल्याएर आफ्नो प्रोडक्टबारे भन्ने अबसर हो ।

यसका लागि हामीसँग १ सय २८ वटा स्टल छ । आजको दिनसम्म ११८ वटा बुक भइसकेको छ । अझै केही दिन बाँकी छ । १२०–१२२ जना बायर आउनु हुन्छ । ७० जति आन्तरिक स्टल हुनेद्धन् बाँकीमा विदेशी छन् । जसले नेपाललाई बेस बनाएर टुर प्याकेज सेल गर्दै आउनुभएको छ र गर्न चाहनु हुन्छ, उनीहरु अहिलेको नेपालको पर्यटन गन्तव्य र अन्य अवसथबारे बुझ्नु हुनेछ ।

यसका साथै यहाँको सम्भावना र पर्यटन प्रवद्र्धन गर्न सरकारले ल्याएको नीतिबारे समूहगत छलफल पनि गछौं । माइस, एड्भेञ्चर र सस्टेनेबल टुरिजमबारे समूहगत छलफल हुनेछ ।

हाम्रो मुख्य भनेको बायर बाहिरबाट ल्याउछौ. । जस्तो विगत लामो समयदेखि म भारतमा मार्केटिङ गर्न गइरहेको छु । अहिले मेरो कम्पनीले भारतमा टुर सेल गर्छ । यस्तै मेरो साथी जो नेपाल मात्रै टुर बेच्थ्यो । उ त्यहाँ आएपछि लिङ्ंक एक्सचेञ्ज हुन्छ । व्यववसायीले जहिल्य पनि अबसर खोजी रहेका हुन्छन् । जुन देशमा गएर वस्तुस्थिती बुझ्यो त्यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हो । त्यसकारणका लागि विदेशीहरुलाइृ नेपाल ल्याउछौं । अर्को आन्तरिक पर्यटन प्रवद्र्धन पनि हो ।

राराको २–४ जना व्यवसायी आउनेछन् । पाल्पाबाट नगरपालिका नै आउदैछ । त्यहाँका होटल व्यवसायीहरु आउछन् । उनीहरुसँग यसबारे तपाइले बुझ्न पाउनु हुने । त्यो भयो भने ट्राभल कम्पनीहरुले घुम्नलाई प्रोत्साहन गर्न सक्छन । टुरिजमलाई डिसेन्ट्रलाइज गर्ने अबसर मिल्छ ।

(पाण्डेसँग कुराकानीमा आधारित)

प्रकाशित मिति:     २१ जेष्ठ २०८१, सोमबार  |    Himali Khabar