अब २५ हजारभन्दा बढी तलब बैंक खातामा जम्मा गर्नुपर्ने

अब २५ हजारभन्दा बढी तलब बैंक खातामा जम्मा गर्नुपर्ने

काठमाडौं । अब मासिक २५ हजार रुपैयाँभन्दा बढी तलब पाउने कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खातामा नै जम्मा गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।

यसअघि २५ हजारभन्दा बढी नै तलब लिएको भएपनि नगदै दिन सकिने व्यवस्था थियो । अब भने अनिवार्य गरिएको हो । बजेटले ‘बैंकमार्फत भुक्तानी नभएको प्रतिव्यक्ति मासिक २५ हजार रुपैयाँभन्दा बढीको पारिश्रमिक’को खर्च देखाउन नसक्ने व्यवस्था गरेको हो ।

यसले कम्पनीहरुले फेक कर्मचारी तयार गरी नगदै तलब भुक्तानी गरेको भनेर खर्च देखाउने प्रवृत्ति अन्त्य हुने सरकारको विश्वास छ । मासिक २५ हजार रुपैयाँभन्दा कमको पारिश्रमिक भने नगदै दिए पनि खर्च देखाउन पाइने छ । तर, उक्त रकम पनि सम्बन्धित व्यक्तिको प्यान नम्बरमा हाल्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:     १७ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar