वर्षा नजिकिँदै गर्दा फेरि भारततर्फ विद्युत निर्यात

वर्षा नजिकिँदै गर्दा फेरि भारततर्फ विद्युत निर्यात

काठमाडौं । वर्खा यामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत निर्यात सुरू भएको छ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरू गरेको छ। खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत निर्यात सुरू गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत निर्यात भइरहेको बताए।

प्रकाशित मिति:     १७ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar