ठमेल र दरबारमार्ग अबदेखि २४ सै घण्टा खुला

ठमेल र दरबारमार्ग अबदेखि २४ सै घण्टा खुला

काठमाडौं । काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि २४ सै घण्टा खुला रहने भएका छन् । नयाँ वर्षको पहिलो दिनदेखि यी दुवै बजार खुला रहने घोषणा गरिएको हो ।

ठमेल पर्यटन विकास परिषद् र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा शनिबार ठमेलमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दुवै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा खुलेको घोषणा गरे । 

बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्याल, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ। मापदण्ड र आचारसंहिताले ठमेल र दरबारमार्ग क्षेत्रलाई आजको भन्दा राम्रो र पर्यटकमैत्री बनाउने र व्यवसायी तथा घरधनीको पनि हित हुने दुवै आयोजकले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:     १ बैशाख २०८१, शनिबार  |    Himali Khabar