नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

गत जनवरी (पुस) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । अहिले त्यसमा केही घटाएको हो । गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो ।

प्रकाशित मिति:     २० चैत्र २०८०, मंगलवार  |    Himali Khabar