एक महिनामा १ लाख २८ हजार पर्यटक नेपाल आए

एक महिनामा १ लाख २८ हजार पर्यटक नेपाल आए

काठमाडौं । एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् ।

चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको तथ्यांक छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो ।

नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुन्छ । मार्च र अप्रिलमा बढ्छ । त्यसपछि वर्षायाम सुरु हुन्छ । त्यसपछि भने आगमन केही कम हुने गर्छ ।
बोर्डका अनुसार भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएका छन् ।

प्रकाशित मिति:     १९ चैत्र २०८०, सोमबार  |    Himali Khabar