मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलायो

मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ। गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएर आन्दोलनरत पीडितहरूलाई वार्ताका लागि बोलाएको हो।

‘संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मिटरब्याज तथा ठगी बिरूद्ध किसान मजदुर संघर्ष समितिलाई गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ, ‘मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु हुन आदेशानुसार अनुरोध छ।’

सरकारले यसअघि मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले आइतबारदेखि उत्पयका केन्द्रित आन्दोलन सुरू गरेका छन्।

उनीहरू पूर्वको काकडभिट्टा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका हुन्। उनीहरू बुधबार काठमाडौं छिरेका थिए। २३ दिनमा १ हजार १ सय ७५ किलोमिटर यात्रा गरेका उनीहरूले न्याय नपाई काठमाडौंबाट नफर्किने बताइरहेका छन्।

प्रकाशित मिति:     १३ फाल्गुन २०८०, आईतवार  |    Himali Khabar