राष्ट्र बैंकले भन्यो- बैंकिङ प्रणालीमा सर्वसाधारणको निक्षेप सुरक्षित छ

राष्ट्र बैंकले भन्यो- बैंकिङ प्रणालीमा सर्वसाधारणको निक्षेप सुरक्षित छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सर्वसाधारण निक्षेपकर्ताको पैसा सुरक्षित रहेको हुँदा ढुक्कसँग नियमित कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको डिपोजिट सुरक्षित रहेको जनाएको छ ।

प्रकाशित मिति:     ८ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar