आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट हाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली छ ।

कार्यकारी निर्देशकको पदका लागि भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनीको नाम अन्तिम सिफारिसमा परेको थियो ।

प्रकाशित मिति:     ६ फाल्गुन २०८०, आईतवार  |    Himali Khabar