त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने

काठमाडौं । ट्याक्सी वेुलाई धावनमार्ग (रनवे) सम्म जोड्ने कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ।
धावनमार्गको उत्तरतर्फ एप्रोन, ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सीवे (विमान गुड्ने बाटो) बनिरहेको छ। त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी–वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ।

रन–वे र ट्याक्सी–वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताए। यसका लागि अहिलेदेखि नै सूचना दिइएको उनले बताए।

ुरनवेबाट ७५ मिटर दायाँबायाँ दूरीमा चार मिटर गहिरो खाल्डो खनेर पुर्नु धेरै संवेदनशील काम पनि हो । त्यसो गर्दा कालो माटो र पानी निस्कियो अथवा केही समस्या देखियो भने अहिलेको समयले नपुग्ने र थप समय लाग्ने देखिएमा रनवे नै बन्द गरेर काम गर्नुपर्ने हुन्छ । न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुन सक्ने छ ।

प्रकाशित मिति:     ४ फाल्गुन २०८०, शुक्रबार  |    Himali Khabar