काठमाडौं । विश्वकै अग्लो सगरमाथा हिमाल आरोहण गर्नेहरूले आफ्नो दिसा बेसक्याम्पसम्म नै फिर्ता ल्याउनुपर्ने भएको छ।
आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले कडाइ गरेको हो।
माघ २२ गतेको गाउँकार्यपालिकाको बैठकले सगरमाथा क्षेत्रलाई थप सफा बनाउन नयाँ निर्णय भएको गाउँपालिकाका प्रमुख मिङ्मा छिरि शेर्पाले जानकारी दिनुभयो ।