अरुण चौधरीमाथि किर्ते मुद्धा

अरुण चौधरीमाथि किर्ते मुद्धा

काठमाडौं । बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि किर्ते मुद्दामा प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

किर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सिआइबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । चौधरीसहित बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

ठाकुर बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई किर्ते मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति:     १८ माघ २०८०, बिहीबार  |    Himali Khabar